FAQs Complain Problems

तिलागुफा नगरपालिकाको संक्षिप्त परिचय

 

कर्णाली प्रदेश अन्तरगत कालिकोट जिल्लाको पश्चिमी भागमा अवस्थित तिलागुफा नगरपालिका उच्च पहाडी विशेषता बोकेको क्षेत्र हो । कुल २६२.५६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरपालिका साविक फोइमहादेव, राँचुली, छाप्प्रे, जुविथा र चिल्खाया गाविस मिलेर बनेको हो ।  बि.सं. २०७३ फागुन २७ (१० मार्च १०१७) मा तिलागुफा नगरपालिकाको स्थापना भएको हो । बि.सं. २०६८ को जनगणना अनुसार यो नगरको जनसंख्या १५७६६ रहेको छ ।   यो नगरपालिका कालिकोटको सदरमुकाम मान्म देखि पूर्व तथा जुम्लाको सदरमुकाम खलंगाबाट पश्चिम रारा तालको प्रवेश मार्गको रुपमा रहेको कर्णाली राजमार्गमा अबस्थीत रहेको छ । यस नगरको पूर्वमा जुम्लाका तिला तथा हिमा गाऊपालिका, पश्चिममा कालिकोटका खांडाचक्र नगरपालिका तथा महांबै गाऊपालिका, उत्तरमा कालिकोटका पचाल झरना तथा पलांत गाऊपालिका तथा दक्षिणमा दैलेखको नौमुले तथा जाजरकोटको जुनीचांदे गाऊपालिका पर्दछन् । 

        यस नगरपालिकाको नामाकरण नगरपालिकाको वार्डनं ५ धनाड गाऊ स्थीत कर्णाली राजमार्गको दक्षिणतिर वडा न‌ ९ को भात्तडी स्थित तिला नदीको छेउमा  रहेका रमणिय तिलागुफाको नामबाट राखिएको छ । साबिक फोईमहांदेव, रांचुली, जुबिथां, छाप्रे तथा चिलखाया गाबिस मिलेर यो नगरपालिका बनेको छ । यस नगरपालिकाको प्रशासनिक केन्द माता सत्यदेबीको पावन भूमी गाल्जे स्थीत कर्णाली राजमार्गको किनारमा अबस्थीत छ । यस नगरपालिकामा ११ वडा रहेका छन् । वार्ड नं १ मा नाग्म, भिग्म, मेहेलसेरा, वार्ड नं २ मा रताड तथा द्यारतोली, वार्ड नं ३ मा फोईकोट, वार्ड नं ४ मा रांचुली, वार्ड नं ५ मा धनाड तथा खल्लां, वार्ड नं ६ मा गाल्जे तथा जुबिथां, वार्ड नं ७ मा छाप्रे तथा वाली वार्ड नं ८ मा ओखरभिट्टा, वार्ड नं ९ मा चिलखाया, लुब्र, हुस्के, भात्तडी, वार्डनं १० रुडु तथा रानावाडा वार्डनं ११ढिम्निया र कामखेत गाऊ पर्दछन् ।

२.१ भौगोलिक अवस्थिति

समुन्द्री सतहको १५३० मिटरदेखि २५०० मिटरसम्मको उचाइमा रहेको तिलागुफा नगरपालिका भौगोगिक अवस्थितिका हिसाबले २९ डिग्री ४ मिनेट १८ सेकेण्ड उत्तरदेखि २९ डिग्री १४ मिनेट १५ सेकेण्ड उत्तरी अक्षांश र ८१ डिग्री ४४ मिनेट १७ सेकेण्ड पूर्वदेखि ८१ डिग्री ५८ मिनेट २१ पूर्वी देशान्तरमा फैलिएको छ । यो नगरपालिका कालिकोट जिल्लाको जिल्लाको सदरमुकाम मान्मदेखि करीब ७० किमीको दूरीमा दक्षिण–पश्चिम भागमा रहेको छ । यस नगरपालिकाको पूर्वमा जुम्ला जिल्ला, पश्चिममा खाँडाचक्र नगरपालिका, दक्षिणमा महाबै गाउँपालिका र उत्तरमा पलाता र पचालझरना गाउँपालिकासँग सिमाना जोडिएको छ ।  कुल क्षेत्रफल २६२.५६ वर्ग किमी रहेको छ । नगरपालिकाको गठन हुँदा समाविष्ट साविक गाविस, वडाको क्षेत्रफल सम्बन्धी विवरण देहायको तालिकामा प्रस्तुत गरिएको छ । 
तालिका ज्ञस् भौगोलिक अवस्थिति
वडा नं.    समावेश साविक गाविस                         क्षेत्रफल (वर्ग किमिमा)    
    फोइमहादेव       वडा नं. १–५                            १०.९१
    राँचुली              वडा नं. ५–७                             ३२.४३          
    फोइमहादेव       वडा नं. ६–९                             २४.७६
    राँचुली              वडा नं. २–४                             १४.३६
    जुविथा              वडा नं. १–३                             १८.५५
    राँचुली             वडा नं. १ र जुविथा वडा नं. ४–९     १५.७७
    छाप्रे                वडा नं. १–६                               १३.०१
    छाप्रे                वडा नं. ७–९                              १२.६७
    राँचुली  वडा नं. ८,९ र चिल्खाया वडा नं. १,२             ५३.२९
    चिल्खाया           वडा नं. ६–८                               ५४.३४             
    चिल्खाया           वडा नं. ३–५                                 १२.४७
जम्मा                                                           २६२.५६

यस नगरपालिकामा रमणिय तिलागुफा, सत्यदेबी मन्दिर, गाल्जे पुल, पुंगमालिका, हलाढुंगा, बजेडीचौर, प्राकृतिक शौन्दर्यताको खानी रुडु बन्चर क्षेत्र, वासुधारा फूलवारी तथा बिभिन्न देबी देवता तथा मष्टोका देवताका थान, चिलखायामा ऐतिहांसिक देवलहरु समेत रहेका छन् । यस नगरमा रमणिय पाटन, खोला, नदी तथा झरना समेत रहेका छन् । नगरका घना जंगलमा बाघ, भालुर, घोडल, थार, कस्तुरी, गुना, बांदर जस्ता जंगली जनावर, कालिज, च्याखुरा, फग्रांस, डांफे, ढुकुर, परेवा जस्ता पंक्षी समेत पाइन्छन् ।